Saturday, 18 October 2025

काठमाडौँ जिल्ला प्रशासन कार्यालयद्वारा दिपावलीका लागि सुरक्षा र नियम पालना सम्बन्धी सूचन

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले दिपावलीको अवसरमा सार्वजनिक सुरक्षा र कानुन पालनामा विशेष ध्यान दिन आग्रह गरेको छ।


कार्यालयले मैनबत्ती, बिजुली, आतिशबाजी, पटाका, भुइँचम्पा वा अन्य कुनै विस्फोटक तथा आगलागी हुने पदार्थको खरिद, बिक्री, ढुवानी, भण्डारण र प्रयोग नगर्न सबैलाई अनुरोध गरेको छ। देउसी भैलो कार्यक्रम बेलुका ९ बजेपछि नगर्नुमर्यादित, अनुशासित तथा व्यवस्थित ढङ्गले मात्र सञ्चालन गर्नु पर्ने सूचनामा उल्लेख गरिएको छ।



सार्वजनिक मार्ग र सडकमा अवरोध सिर्जना हुने गरी पूजा मण्डप वा दीपावली उत्सव थल राख्न नपाइने, र आम सर्वसाधारणको आवागमनमा बाधा नपर्ने गरी मात्र कार्यक्रम गर्न आग्रह गरिएको छ।

सुरक्षा सन्दर्भमा, चाडपर्वको समयमा चोरीको सम्भावना बढ्ने भएकाले घर खाली हुँदा छिमेकीलाई जानकारी दिन, र शंकास्पद व्यक्ति देखिए प्रहरी वा सुरक्षा निकायलाई खबर गर्न निर्देशन दिइएको छ।

त्यसैगरी, अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना नगर्न, कालोबजारी नगर्न, म्याद नाघेका वस्तु बिक्री नगर्न र मूल्यवृद्धि नगर्न उपभोक्ताहरुलाई चेतावनी दिइएको छ।

सवारी साधन सम्बन्धमा क्षमता भन्दा बढी यात्रु नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, तोकिएको भाडादर भन्दा बढी भाडा नलिने, र ट्राफिक नियम पालनामा ध्यान दिन आग्रह गरिएको छ।

अन्ततः, गैरकानुनी चिठ्ठा, जुवा, अनलाइन सपिङ वा विद्युतीय माध्यमबाट हुने ठगीबाट बच्न सबैलाई सचेत रहन जिल्ला प्रशासनले आग्रह गरेको छ।

मुग्लिन–नारायणगढ सडकखण्डको गाईघाटमा सात सवारी ठोक्किँदा भीषण दुर्घटना

चितवन,१ कात्तिक २०८२ 


मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत गाईघाट क्षेत्रमा केहि समय अघि करिब बिहानको ७ बजे तिर   भएको भीषण सवारी दुर्घटनामा सातवटा गाडी एक आपसमा ठोक्किएका छन्, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटना पछि केही सवारीका चालकहरू सवारीभित्रै चेपिएको अवस्थामा फेला परेका छन्, जसको उद्धार कार्य अहिले पनि जारी छ।

प्रहरी र स्थानीय बासिन्दाहरू मिलेर  संयुक्त रूपमा उद्धारमा खटिएका छन्, दुर्घटनाको ठ्याक्कै कारण र मानवीय तथा भौतिक क्षतिको विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। 

थप विवरण केहि बेर मा आउने छ ।

आज धन त्रयोदशीः दिपावलीको तयारीसँगै किनमेलको शुभ दिन

ईभा मिडिया नेटवर्क, काठमाडौं 

आज कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि, अर्थात् धनतेरस पर्व नेपालभर उल्लास पूर्वक मनाइँदैछ, हिन्दु परम्परा अनुसार आजको दिनलाई धन, समृद्धि र शुभ लाभको प्रतीकको  दिन मानिन्छ, यस दिन दिपावलीको तयारी सुरु गर्ने र नयाँ सामान, विशेषगरी सुन, चाँदी, भाँडाकुँडा तथा इलेक्ट्रोनिक वस्तु किन्ने परम्परा रहि आएको छ।



ज्योतिषविद्हरूका अनुसार आजको दिन लक्ष्मी र धनवन्तरीको पूजा गर्ने अत्यन्तै शुभ मानिन्छ, विश्वास गरिन्छ कि धनतेरसका दिन घरमा भाँडाकुँडा, बहुमूल्य धातु वा नयाँ सामान किन्ने व्यक्तिको घरमा समृद्धि, स्वास्थ्य र सुदैवको वास हुन्छ।

बजारहरूमा आज बिहानैदेखि चहलपहल बढेको देखिएको छ, काठमाडौं उपत्यका सहित देशभरका साना–ठूला बजारमा सुनचाँदी, सरसफाइ सामग्री, माटाका दियो, भाँडाकुँडा र सजावटका सामान खरिद गर्न सर्वसाधारण व्यस्त देखिएका छन्, व्यापारीहरूका अनुसार यो दिन वर्षकै सबैभन्दा बढी कारोबार हुने दिनमध्ये एक हो।

धनतेरससँगै दिपावली (तिहार) पर्वको औपचारिक सुरुवात भएको मानिन्छ, आज घर–घरमा दीप प्रज्वलन गरी घर आँगन सफा गर्ने र लक्ष्मीको स्वागतका तयारीहरू गर्ने प्रचन छ ।

ज्योतिषहरूहरुका अनुसार आजको दिन शुभ कार्य नयाँ व्यवसाय सुरु गर्ने, घरका लागि आवश्यक नयाँ  वस्तु किनमेल गर्ने तथा आर्थिक रुपमा निर्णय लिने  अत्यन्तै उपयुक्त समय समेत मानिन्छ ।


काठमाडौँ जिल्ला प्रशासन कार्यालयद्वारा दिपावलीका लागि सुरक्षा र नियम पालना सम्बन्धी सूचन

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले दिपावलीको अवसरमा सार्वजनिक सुरक्षा र कानुन पालनामा विशेष ध्यान दिन आग्रह गरेको छ। कार्यालयले मैनबत्ती, ब...