Saturday, 18 October 2025

काठमाडौँ जिल्ला प्रशासन कार्यालयद्वारा दिपावलीका लागि सुरक्षा र नियम पालना सम्बन्धी सूचन

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले दिपावलीको अवसरमा सार्वजनिक सुरक्षा र कानुन पालनामा विशेष ध्यान दिन आग्रह गरेको छ।


कार्यालयले मैनबत्ती, बिजुली, आतिशबाजी, पटाका, भुइँचम्पा वा अन्य कुनै विस्फोटक तथा आगलागी हुने पदार्थको खरिद, बिक्री, ढुवानी, भण्डारण र प्रयोग नगर्न सबैलाई अनुरोध गरेको छ। देउसी भैलो कार्यक्रम बेलुका ९ बजेपछि नगर्नुमर्यादित, अनुशासित तथा व्यवस्थित ढङ्गले मात्र सञ्चालन गर्नु पर्ने सूचनामा उल्लेख गरिएको छ।



सार्वजनिक मार्ग र सडकमा अवरोध सिर्जना हुने गरी पूजा मण्डप वा दीपावली उत्सव थल राख्न नपाइने, र आम सर्वसाधारणको आवागमनमा बाधा नपर्ने गरी मात्र कार्यक्रम गर्न आग्रह गरिएको छ।

सुरक्षा सन्दर्भमा, चाडपर्वको समयमा चोरीको सम्भावना बढ्ने भएकाले घर खाली हुँदा छिमेकीलाई जानकारी दिन, र शंकास्पद व्यक्ति देखिए प्रहरी वा सुरक्षा निकायलाई खबर गर्न निर्देशन दिइएको छ।

त्यसैगरी, अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना नगर्न, कालोबजारी नगर्न, म्याद नाघेका वस्तु बिक्री नगर्न र मूल्यवृद्धि नगर्न उपभोक्ताहरुलाई चेतावनी दिइएको छ।

सवारी साधन सम्बन्धमा क्षमता भन्दा बढी यात्रु नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, तोकिएको भाडादर भन्दा बढी भाडा नलिने, र ट्राफिक नियम पालनामा ध्यान दिन आग्रह गरिएको छ।

अन्ततः, गैरकानुनी चिठ्ठा, जुवा, अनलाइन सपिङ वा विद्युतीय माध्यमबाट हुने ठगीबाट बच्न सबैलाई सचेत रहन जिल्ला प्रशासनले आग्रह गरेको छ।

मुग्लिन–नारायणगढ सडकखण्डको गाईघाटमा सात सवारी ठोक्किँदा भीषण दुर्घटना

चितवन,१ कात्तिक २०८२ 


मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत गाईघाट क्षेत्रमा केहि समय अघि करिब बिहानको ७ बजे तिर   भएको भीषण सवारी दुर्घटनामा सातवटा गाडी एक आपसमा ठोक्किएका छन्, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटना पछि केही सवारीका चालकहरू सवारीभित्रै चेपिएको अवस्थामा फेला परेका छन्, जसको उद्धार कार्य अहिले पनि जारी छ।

प्रहरी र स्थानीय बासिन्दाहरू मिलेर  संयुक्त रूपमा उद्धारमा खटिएका छन्, दुर्घटनाको ठ्याक्कै कारण र मानवीय तथा भौतिक क्षतिको विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। 

थप विवरण केहि बेर मा आउने छ ।

आज धन त्रयोदशीः दिपावलीको तयारीसँगै किनमेलको शुभ दिन

ईभा मिडिया नेटवर्क, काठमाडौं 

आज कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि, अर्थात् धनतेरस पर्व नेपालभर उल्लास पूर्वक मनाइँदैछ, हिन्दु परम्परा अनुसार आजको दिनलाई धन, समृद्धि र शुभ लाभको प्रतीकको  दिन मानिन्छ, यस दिन दिपावलीको तयारी सुरु गर्ने र नयाँ सामान, विशेषगरी सुन, चाँदी, भाँडाकुँडा तथा इलेक्ट्रोनिक वस्तु किन्ने परम्परा रहि आएको छ।



ज्योतिषविद्हरूका अनुसार आजको दिन लक्ष्मी र धनवन्तरीको पूजा गर्ने अत्यन्तै शुभ मानिन्छ, विश्वास गरिन्छ कि धनतेरसका दिन घरमा भाँडाकुँडा, बहुमूल्य धातु वा नयाँ सामान किन्ने व्यक्तिको घरमा समृद्धि, स्वास्थ्य र सुदैवको वास हुन्छ।

बजारहरूमा आज बिहानैदेखि चहलपहल बढेको देखिएको छ, काठमाडौं उपत्यका सहित देशभरका साना–ठूला बजारमा सुनचाँदी, सरसफाइ सामग्री, माटाका दियो, भाँडाकुँडा र सजावटका सामान खरिद गर्न सर्वसाधारण व्यस्त देखिएका छन्, व्यापारीहरूका अनुसार यो दिन वर्षकै सबैभन्दा बढी कारोबार हुने दिनमध्ये एक हो।

धनतेरससँगै दिपावली (तिहार) पर्वको औपचारिक सुरुवात भएको मानिन्छ, आज घर–घरमा दीप प्रज्वलन गरी घर आँगन सफा गर्ने र लक्ष्मीको स्वागतका तयारीहरू गर्ने प्रचन छ ।

ज्योतिषहरूहरुका अनुसार आजको दिन शुभ कार्य नयाँ व्यवसाय सुरु गर्ने, घरका लागि आवश्यक नयाँ  वस्तु किनमेल गर्ने तथा आर्थिक रुपमा निर्णय लिने  अत्यन्तै उपयुक्त समय समेत मानिन्छ ।


२०८२ साल कार्तिक ०१ गते शनिबार ,दैनिक राशिफल

  ईभा मिडिया नेटवर्क

आजको दिन ग्रह–नक्षत्रको गणना अनुसार बाह्र राशिहरूमा विभिन्न प्रभाव देखिने पण्डित  राम प्रसाद नेपाल  ले बताउनु भएका  छन्आज कोहीका लागि आर्थिक अवसरको दिन बन्नेछ भने कोहीका लागि स्वास्थ्य र निर्णयमा सावधानी अपनाउनु पर्ने समय रहेको छ, व्यक्तिगत जन्मकुण्डली र ग्रह–स्थिति अनुसार हरेक राशिमा परिणाम भिन्न देखिए पनि, समग्रमा दिन मिश्रित रहनेछ ।

🐏 मेष (चुचेचोलालिलुलेलोअ)

योजना अनुसार काम अघि नबढ्दा केही ढिलाइ हुन सक्छ, अवसर पाइए पनि परिस्थितिले साथ नदिँदा निराशा अनुभव हुन सक्छ , अधिकारको हतारोले समस्या ल्याउन सक्छ, त्यसैले धैर्य अपनाउनुहोस् , व्यापारमा ग्राहकको विश्वास जित्न सक्नुभयो भने नाफा पाउने सम्भावना छ ।

🐂 वृष (इवाविवुवेवो)

कसैले तपाईंको मिहिनेतको श्रेय लिन खोज्ने संभावना छ , पुराना सम्झौता वा योजना परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्छ , हल्ला वा अफवाहमा नफस्नुहोस् , हतारमा गरिएको निर्णयले पछुतो निम्त्याउन सक्छ ।

👫 मिथुन (काकिकुकेकोह)

सहयोगी र परिवारको साथले आत्मबल बढ्नेछ , मेहनतको उचित फल प्राप्त हुनेछ , सानो लगानीबाट पनि लाभ हुने समय छ , तपाईंको व्यवहारले वरपरका मानिसहरूलाई सकारात्मक रूपमा प्रभावित पार्नेछ ।

🦀 कर्कट (हिहुहेहोडाडिडुडेडो)

वचन पुरा गर्न ढिलाइ हुँदा आलोचना सहनु पर्न सक्छ , अध्ययन वा पेशागत क्षेत्रमा समय व्यवस्थापनमा चुनौती आउन सक्छ , ईर्ष्या गर्नेहरूले मानसिक दबाब दिन सक्छन्, तर संयमता अपनाउनुभयो भने स्थिति सुधारिनेछ ।

🦁 सिंह (मामिमुमेमोटाटिटुटे)

नयाँ अवसर र प्रस्तावहरू प्राप्त हुने समय आएको छ , प्रियजनको स्नेह र समर्थनले आत्मबल बढाउनेछ , अध्ययन, करियर वा प्रतिस्पर्धामा प्रगति सम्भव छ , पुराना उपलब्धिले नयाँ प्रेरणा दिनेछन् ।

🌾 कन्या (टोपिपुपेपो)

आकस्मिक खर्च बढ्न सक्छ , ऋण वा सहयोग मार्फत आवश्यक वस्तु जुटाउने सम्भावना छ , मिहिनेतको मूल्य तुरुन्त नपाइए पनि भविष्यमा त्यसको प्रतिफल लाभदायक हुनेछ , धैर्य र योजना दुवै आवश्यक छ ।

⚖️ तुला (रारिरुरेरोतातितुते)

लगातारको प्रयासले आम्दानी बढ्नेछ , रोकिएका रकम वा काम फिर्ता आउने सम्भावना छ , पढाइमा सुधार र व्यापारमा नयाँ लगानी लाभदायक बन्न सक्छ , श्रमको उचित मूल्यांकन हुने समय हो ।

🦂 वृश्चिक (तोनानिनुनेनोयायियु)

भाग्यको साथले प्रतिष्ठा र सम्मान बढ्नेछ , सम्पत्ति वा सवारीसाधनबाट फाइदा मिल्ने सम्भावना छ , सामाजिक क्षेत्रमा तपाईँको प्रभाव बढ्नेछ , दाम र मान दुवै प्राप्त हुने समय हो ।

🏹 धनु (येयोभाभिभूफाढाभे)

परिस्थिति केही चुनौतीपूर्ण रहन सक्छ , अरूको लागि धेरै मिहिनेत गर्नुपर्ला , असहयोगी वातावरण भए पनि तपाईँको कर्मयोग र दृढता सफल हुनेछ , व्यापारमा आंशिक लाभ हुनेछ ।

🐐 मकर (भोजिखिखुखेखोगागि)

स्वास्थ्यमा सानो असहजता आउन सक्छ , गोपनीयता र लगानीमा विशेष ध्यान दिनुहोस् , पुराना काम दोहोर्याउनुपर्ने अवस्था आउन सक्छ , संयम र अनुशासन अपनाउँदा परिस्थितिमा सुधार आउनेछ ।

🏺 कुम्भ  (गुगेगोसासिसुसेसोदा)

लगातारको प्रयासले व्यापारमा प्रगति र आम्दानी बढ्नेछ , नयाँ मित्रता र प्रेम सम्बन्धको सुरुवात हुने सम्भावना छ , पारिवारिक सम्बन्धमा मधुरता आउनेछ, तर अनावश्यक खर्चबाट बच्नुपर्छ ।

🐟 मीन (दिदुदेदोचि)

दिन उत्साहजनक रहनेछ , प्रतिस्पर्धामा अग्रस्थान लिन सकिनेछ , नयाँ योजना सुरु गर्न अनुकूल समय हो , बुद्धिको प्रयोगले अघिल्ला उपलब्धि जोगाउन सकिनेछ , शत्रुहरू कमजोर हुनेछन् ।


ईभा मिडियादैनिक राशिफल डेस्क

Friday, 17 October 2025

२०८२ साल असोज ३१ गते शुक्रबार ,दैनिक राशिफल

 ईभा मिडिया नेटवर्क

आजको दिन ग्रह–नक्षत्रको गणना अनुसार बाह्र राशिहरूमा विभिन्न प्रभाव देखिने ज्योतिषहरूले बताएका छन्आज कोहीका लागि आर्थिक अवसरको दिन बन्नेछ भने कोहीका लागि स्वास्थ्य र निर्णयमा सावधानी अपनाउनु पर्ने समय रहेको छ। व्यक्तिगत जन्मकुण्डली अनुसार प्रभावहरु फरक- फरक पर्न सक्छ।



🐏 मेष (चुचेचोलालिलुलेलोअ)

परिवार र कार्यक्षेत्रमा तालमेल मिलाउन गाह्रो हुनसक्छ, पहिले लिइराखेको निर्णयले राम्रो परिणाम दिन सक्छ, स्वास्थ्य प्रति सचेत हुनुहोस्।
शुभ रंग: सेतो, शुभ अंक: १

🐂 वृष (इवाविवुवेवो)

साहस र आत्मविश्वासले नयाँ कार्य गर्न प्रेरित गर्नेछ, तर विवादमा फस्न नदिनु।
शुभ रंग: निलो, शुभ अंक: २

👫 मिथुन (काकिकुकेकोह)

कार्यमा तालमेल नहुनाले समस्या हुन सक्छ, पारिवारिक अवस्था केही अस्थिर हुनसक्छ।
शुभ रंग: पहेंलो, शुभ अंक: ३

🦀 कर्कट (हिहुहेहोडाडिडुडेडो)

प्रतिष्ठा र सामाजिक स्थिति बढ्ने संकेत छ, आर्थिक अवसर प्राप्त हुन सक्छ।
शुभ रंग: हल्का निलो, शुभ अंक: ४

🦁 सिंह (मामिमुमेमोटाटिटुटे)

कार्यक्षेत्रमा संघर्ष हुन सक्छ, सम्बन्ध सुधार्ने समय छ, आर्जनमा वृद्धि हुनेछ।
शुभ रंग: हरियो, शुभ अंक: ३

🌾 कन्या (टोपिपुपेपो)

नोकरी वा व्यवसायमा सम्मान मिल्नेछ, शेयर वा लगानीबाट फाइदा हुनसक्छ।
शुभ रंग: कलेजी, शुभ अंक: ८

⚖️ तुला (रारिरुरेरोतातितुते)

अरूको सहयोगले काम अघि बढ्नेछ, व्यापारमा लाभ रहनेछ, विद्यार्थीहरूका लागि समय अनुकूल।
शुभ रंग: सेतो, शुभ अंक: २

🦂 वृश्चिक (तोनानिनुनेनोयायियु)

पुराना कार्यहरूमा सफलता मिल्नेछ, धार्मिक कार्य वा समाजसेवामा मन जान सक्छ।
शुभ रंग: गुलाबी, शुभ अंक: ४

🏹 धनु (येयोभाभिभूफाढाभे)

कार्यशक्तिमा बृद्धि हुनेछ, नयाँ योजनाहरू शुरू गर्न राम्रो समय।
शुभ रंग: पहेंलो, शुभ अंक: ३

🐐 मकर (भोजिखिखुखेखोगागि)

दाम्पत्य जीवन सुखद रहनसक्छ। पारिवारिक सम्बन्धमा मेलमिलाप बढ्नेछ।
शुभ रंग: केशरी, शुभ अंक: ८

🏺 कुंभ (गुगेगोसासिसुसेसोदा)

व्यक्तिगत कार्यमा बाधा आउन सक्छ, चिन्ता बढ्नसक्छ।
शुभ रंग: निलो, शुभ अंक: ७

🐟 मीन (दिदुदेदोचि)

योजना अनुसार कार्य गर्न सकिनेछ, लाभ आउनेछ, अरू कार्यमा बढी इच्छाशक्ति नदेखाउनु राम्रो।
शुभ रंग: कलेजी, शुभ अंक: ३


ईभा मिडियादैनिक राशिफल डेस्क

काठमाडौँ जिल्ला प्रशासन कार्यालयद्वारा दिपावलीका लागि सुरक्षा र नियम पालना सम्बन्धी सूचन

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले दिपावलीको अवसरमा सार्वजनिक सुरक्षा र कानुन पालनामा विशेष ध्यान दिन आग्रह गरेको छ। कार्यालयले मैनबत्ती, ब...