Wednesday, 15 October 2025

अन्लाईन एप्स मा निजि सवारी दर्ता गरिदिन्छु भन्दै ट्याक्सी चालकले पैसा उठाएको छ :- अर्जुन केसि

ट्याक्सी माण्डु सर्भिस प्रा.लि.का अध्यक्ष तथा Yango एप्लिकेसनका नेपाल प्रतिनिधि श्री अर्जुन केसीले निजी सवारी साधनलाई अनलाइन एपमा दर्ता गरिदिन्छु भन्दै ट्याक्सी चालकले नै ५,००० रुपैयाँसम्म लिँदै हिँडेको प्रमाण प्राप्त भएको बताएका  छन्।

उहाँका भनाई अनुसार, “केही प्रमाण मेरो हातमा अहिले नै छ, बाँकी प्रमाणहरू पनि संकलनको प्रक्रियामा छन्,सबै  प्रमाणहरु प्राप्त हुनेबित्तिकै सम्बन्धित ट्याक्सीका संघ,संस्थालाई आधिकारिक रूपमा जानकारी गराउने छु।”

Yango एप्लिकेसनले निजि सवारीसाधन दर्ता गरेको भन्ने बिषयमा ट्याक्सी ब्यबसायीहरुले राखेको  छलफल कार्यक्रममा केसिले  यस्तो खुलासा गरेका हुन ।।

कानुनमा यस्तो छ ।
नेपाल को सवारी तथा यातायात ब्यबस्था ऐन २०४९ को दफा ८ र दफा १२ अनुसार निजि सवारी साधनले सार्वजनिक सवारी सरह भाडाको काम गर्न पाईने छैन ।।।

No comments:

Post a Comment

काठमाडौँ जिल्ला प्रशासन कार्यालयद्वारा दिपावलीका लागि सुरक्षा र नियम पालना सम्बन्धी सूचन

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले दिपावलीको अवसरमा सार्वजनिक सुरक्षा र कानुन पालनामा विशेष ध्यान दिन आग्रह गरेको छ। कार्यालयले मैनबत्ती, ब...