ईभा मिडिया नेटवर्क
आजको दिन
ग्रह–नक्षत्रको गणना अनुसार बाह्र राशिहरूमा विभिन्न प्रभाव देखिने ज्योतिषहरूले
बताएका छन्, आज कोहीका लागि आर्थिक अवसरको
दिन बन्नेछ भने कोहीका लागि स्वास्थ्य र निर्णयमा सावधानी अपनाउनु पर्ने समय रहेको
छ।
🐏 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ अवसर प्राप्त हुने सम्भावना छ। अधुरो काम पूरा हुनेछ।
व्यवसायमा लगानी फाइदाजनक बन्न सक्छ। पारिवारिक वातावरण खुसीमय रहनेछ।
🐂 वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आत्मबलमा वृद्धि हुनेछ तर खर्च पनि बढ्ने संकेत छ।
कार्यक्षेत्रमा असहज परिस्थिति आउन सक्छ। संयमता अपनाउनु हितकर हुनेछ।
👫 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मित्र वा साथीको सहयोगले लाभ हुनेछ। नयाँ कामको सुरुवातका
लागि अनुकूल समय छ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ।
🦀 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरेलु काममा व्यस्तता बढ्नेछ। पारिवारिक विवाद समाधान हुने
सम्भावना छ। धनसम्बन्धी निर्णय सोचविचार गरी गर्नुहोस्।
🦁 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पद प्रतिष्ठा बढ्नेछ। नेतृत्वको अवसर प्राप्त हुन सक्छ।
स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ, खानपानमा ध्यान दिनुहोस्।
🌾 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्तसँग मनमुटाव हुनसक्छ। आर्थिक लाभ मध्यम रहला। यात्रामा
अवरोध आउन सक्छ, सावधानी अपनाउनुहोस।
⚖️ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा नयाँ
ग्राहक भेटिन सक्छन्। प्रेम प्रसङ्गमा सावधानी आवश्यक देखिन्छ।
🦂 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभ समाचार सुन्न पाइनेछ। पारिवारिक जिम्मेवारी बढ्नेछ।
सरकारी वा कानुनी कार्यमा सफलता मिल्ने सम्भावना छ।
🏹 धनु (ये, यो, भा, भि, भू, ध, फा, ढा, भे)
नयाँ सीप सिक्ने अवसर प्राप्त हुनेछ। विदेशसम्बन्धी कार्यमा
प्रगति हुनेछ। यात्रामा लाभ हुनेछ।
🐐 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पुरानो मित्रसँग भेटघाट हुनेछ। व्यापारमा मुनाफा बढ्नेछ।
पारिवारिक सुख प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।
🏺 कुंभ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
अचानक धनलाभको सम्भावना छ। मनमा नयाँ योजना आउनेछ। प्रेम
जीवनमा मिठास थपिनेछ।
🐟 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सन्तानको प्रगति हुने संकेत छ। धार्मिक कार्यमा रुचि
बढ्नेछ। निर्णयमा ढिलाइ गर्दा अवसर गुम्ने सम्भावना छ।
ईभा मिडिया, दैनिक राशिफल डेस्क
No comments:
Post a Comment