काठमाडौं — सरकारले ट्याक्सीको भाडा प्रति किलोमिटर रु. ५० तोकेको भए पनि, मोबाइल एप Indrive ले आफ्नै मनपरी दर लागू गर्दै ट्याक्सी चालकहरूको श्रम शोषण गरिरहेको गुनासो बढ्दै गएको छ।
चालकहरूका अनुसार Indrive एपमा हाल प्रति किलोमिटर रु. २५.२१ मात्र देखाइन्छ, जसले सरकारद्वारा तोकिएको दरको आधा भन्दा कम रकममा सेवा दिन चालकहरूलाई बाध्य बनाइरहेको छ। यसले चालकहरूको आम्दानीमा ठूलो असर परेको र उनीहरूको जीविकोपार्जन कठिन बनेको बताएका छन्।
ट्याक्सी व्यवसायीहरूका प्रतिनिधिहरूले भनेका छन् — “सरकारले तोकेको मिटर दर अनुसार सेवा संचालन गर्नुपर्ने भए पनि, विभिन्न मोबाइल एपहरूले मनपरी भाडा निर्धारण गरी ट्याक्सी चालकको श्रमको अवमूल्यन गरिरहेका छन्।”
यस विषयमा सम्बन्धित निकायहरूले ध्यान नदिए ट्याक्सी व्यवसायीहरू विरोधमा उत्रिने चेतावनी समेत दिएका छन्।
No comments:
Post a Comment