Tuesday, 14 October 2025

याङ्गो र इन्ड्राइभ एप्सलाई ट्याक्सी चालकहरूको चेतावनी : निजि सवारी दर्ता र मनपरी भाडा निर्धारण अस्वीकार्य

पछिल्ला दिनहरूमा अनलाइन एपमार्फत सञ्चालन भइरहेका यातायात सेवाप्रति ट्याक्सी चालकहरूले तीव्र आपत्ति जनाएका छन्। हिजो याङ्गो एपका प्रतिनिधिहरूसँग भएको छलफलमा ट्याक्सी व्यवसायी र चालकहरूले याङ्गो मात्र होइन, इन्ड्राइभ एपले पनि चालकहरूको श्रम शोषण गरेको आरोप लगाएका हुन्।



चालकहरूका अनुसार, दुवै एपहरूले कानुनी दायराबाहिर गई मनपरी भाडा निर्धारण गर्दै ट्याक्सी व्यवसायलाई अस्तव्यस्त बनाइरहेका छन्। उनीहरूले भनाइ दिएका छन्, “हामीले सरकारद्वारा तोकिएको दर अनुसार सेवा दिन्छौं, तर यस्ता एपहरूले आफ्नै नियम बनाएर चालकहरूको श्रमको अवमूल्यन गरिरहेका छन्।”

विशेषगरी इन्ड्राइभ एपले पछिल्लो समय आफ्नो सम्पर्क सेवा नै हटाएर चालकहरूलाई समस्यामा पारेको गुनासो पनि चालकहरूले गरेका छन्। चालकहरूका अनुसार यात्रासँग सम्बन्धित समस्या वा विवाद उत्पन्न हुँदा सम्पर्क गर्न नसक्दा उनीहरू थप अप्ठ्यारोमा पर्ने गरेका छन्।

ट्याक्सी व्यवसायीहरूले दुवै कम्पनीलाई तत्काल सुधार गर्न चेतावनी दिएका छन्। “अब हामी चुप लागेर बस्दैनौं, चालकहरूको अधिकार र सम्मानका लागि आवश्यकता परे सडकमा उत्रिन बाध्य हुनेछौं,” एक ट्याक्सी चालकले भने।

यसैबीच, ट्याक्सी व्यवसायीहरूले सरकारले पनि यस्ता एपहरूको नियमन गर्न स्पष्ट नीति ल्याउन आग्रह गरेका छन्, ताकि देशभित्र कानुनी ढाँचामा रहेर यात्रु र चालक दुवैको अधिकार सुरक्षित रहोस्।

No comments:

Post a Comment

काठमाडौँ जिल्ला प्रशासन कार्यालयद्वारा दिपावलीका लागि सुरक्षा र नियम पालना सम्बन्धी सूचन

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले दिपावलीको अवसरमा सार्वजनिक सुरक्षा र कानुन पालनामा विशेष ध्यान दिन आग्रह गरेको छ। कार्यालयले मैनबत्ती, ब...