२०७८ पुस २० गते बसेको मन्त्रालयको मन्त्रीस्तरको निर्णय अनुसार ट्याक्सी सेवा प्रदायकले सर्तहरु पालना गर्ने गरी भाडा निर्धारण/समायोजन तथा विधुतीय माध्यमबाट भाडा भुक्तानी नियमावली २०७८ बमोजिम भाडादर समायोजन तथा निर्धारण गरेको थियो ।
ट्याक्सीको समायोजित भाडा अनुसार पहिलो १ किलोमिटरसम्मको यात्राको शुरु फ्लाग डाउन ६० रुपैयाँ कायम गरेको थियो भने सो १ किलोमिटरपश्चात प्रति २०० मिटरको ९ रुपैयाँ ८० पैसाको दरले थप हुने गरी कायम गरिएको थियो , समायोजित भाडादर लागु गर्न मन्त्रालयले केही शर्तहरु
समेत तोकेका थिए ।
मन्त्रालयले ट्याक्सीहरुले पूर्ण रुपमा मिटर प्रयोग गर्नुपर्ने र मिटरमा नै हिड्नु पर्ने बताएको थियो भने यसका साथै सेवाग्राहीले ट्याक्सी प्रयोग गर्ने वित्तिकै सवारी साधनको नम्बर, चालकको सम्पर्क नम्बर सहितको विवरण भएको अंग्रेजी र नेपाली माध्यमको भाषा भएको भिजिटिङ्ग कार्ड उपलब्ध गराउनुपर्ने थियो ।
त्यसैगरी, ट्याक्सीमा छुटेको सामान ट्याक्सी सेवा प्रदायकले सुरक्षित राखि नजिकको प्रहरीलाई सूचना दिनुपर्ने, ट्याक्सी नियमित रुपमा सरसफाई गरी लैङ्गिक विभेद रहित सेवाग्राही मैत्री व्यवहार गर्नुपर्ने थियो
।
तर त्यस्तो भएन
मन्त्रालयको मन्त्रीस्तरको निर्णय अनुसार ट्याक्सीको यात्राको शुरु फ्लाग डाउन ६० रुपैयाँ कायम
गरेको थियो तर श्रम रोजगार तथा यातायात मन्त्रालय ले उपत्यका को हकमा ट्याक्सीको
मिटर चेक जाँच गर्ने नेपाल गुणस्तर तथा नापतौल बिभागलाई पत्र लेख्दा यात्राको शुरु फ्लाग डाउन ५० रुपैयाँ कायम भएको भनेर उल्लेख गरेको थियो जुन आजभोली ट्याक्सीमा प्रयोग
भैरहेको छ तर नेपाल सरकार अन्तर्गत प्रदेश सरकारको प्रदेश राजपत्रमा भने यात्राको शुरु फ्लाग डाउन ६० रुपैयाँ कायम
गरेको छ , त्यस्तै प्रति २०० मिटरको ९ रुपैयाँ ८० पैसाको दरले थप हुने प्रदेश राजपत्रमा उल्लेख छ भने नेपाल गुणस्तर तथा नापतौल बिभागलाई मन्त्रालयले
लेखेको पत्रमा प्रति २०० मिटरको १० रुपैयाँको दरले थप हुने
भनिएको छ ।
अर्को अचम्मित कुरा पनि
मन्त्रालयको मन्त्रीस्तरको निर्णयले पनि ट्याक्सीको भाडा समायोजन गर्दा रात्रिकालिन समयको
भाडा निर्धारण गरेको थिएन भने श्रम रोजगार तथा यातायात मन्त्रालयले नेपाल गुणस्तर
तथा नापतौल बिभागलाई पत्र लेख्दा भने रात्रीकालिन समयको लागि शुरुवाती कल रु.५० र प्रति २०० मिटरको १५ रुपैयाँ को दरले थप हुने उल्लेख गरेको थियो भने प्रतीक्षा कल दुवै मा
उल्लेख थिएन ।
राजपत्रको उलंघन गरिरहेको छ नेपाल गुणस्तर तथा नापतौल बिभाग
मन्त्रालयको मन्त्रीस्तरको निर्णय अनुसार ट्याक्सीको भाडा समायोज भई राजपत्रमा प्रकाशित हुँदा र उपत्यका
को हकमा ट्याक्सीको मिटर चेक जाँच गर्ने निकाय
नेपाल गुणस्तर तथा नापतौल बिभागलाई मन्त्रालयले
लेखेको पत्रमा समेत कहिँ कतै नभएको ट्याक्सी मिटरको प्रतीक्षा शुल्क हाल उपत्यकामा गुडिरहेको
ट्याक्सीहरुको मिटरमा प्रदेश सरकार बाट जारि भएको राजपत्रको उलंघन गर्दै प्रति २ मिनेट को रु.१०
राखिएको छ जुन गैरकानुनी हो , के यसको जवाफ नेपाल गुणस्तर तथा नापतौल बिभाग संग के
होला त ?
No comments:
Post a Comment