काठमाडौं, २७ असोज
हिजो एक यात्रुले
अनलाइन मार्फत ट्याक्सी बुक गर्दा निजि सवारी आएका कारण उत्पन्न विवाद पछि आज
याङ्गो एपका प्रतिनिधि र ट्याक्सी व्यवसायीहरु बीच विशेष छलफल सम्पन्न भएको हो।
छलफलमा याङ्गो पक्षका
प्रतिनिधिहरूले ‘Iconic Rides’ पार्टनरमार्फत निजी सवारी दर्ता गरिएको
गल्ती स्वीकार गर्दै अब यस्तो कार्य दोहोरिन नदिने प्रतिबद्धता जनाएका
छन्। साथै, यस्ता
कार्य नेपालका यातायात ऐन विपरीत रहेको स्वीकार
गर्दै आगामी दिनमा कानुन सम्मत ढङ्गले मात्र सेवा सञ्चालन गर्ने बताए।
ट्याक्सी
व्यवसायीहरूले पनि यस्ता गैरकानुनी गतिविधि दोहोरिएमा कडा रूपमा विरोध गर्ने चेतावनी दिएका
छन्। उनीहरूले यात्रु सेवा सहज र पारदर्शी बनाउनका लागि सरकार द्वारा तोकिएको भाडा
दर नै लागू हुनुपर्ने पनि जोड दिएका छन्।
छलफलका क्रममा
याङ्गोका Iconic Rides पार्टनरका
प्रतिनिधिका अनुसार याङ्गो चलाउने चालकहरुलाई प्रति
किलोमिटर ६० रुपैयाँ भन्दा कम भाडा एप मा आएमा बाँकी
रकम कम्पनीले थपी दिने प्रतिवद्धता
व्यक्त गरेका थिए।
No comments:
Post a Comment