ईभा मिडिया /काठमाडौं
आजको दिन
ग्रह–नक्षत्रको गणना अनुसार बाह्र राशिहरूमा विभिन्न प्रभाव देखिने ज्योतिषहरूले
बताएका छन्, आज कोहीका लागि आर्थिक अवसरको दिन बन्नेछ भने कोहीका लागि स्वास्थ्य र
निर्णयमा सावधानी अपनाउनु पर्ने समय रहेको छ।
♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विवादास्पद
विषयहरू सुल्झिने सम्भावना छ, व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ र शेयर
बजारबाट लाभ पाउने योग छ, तर झूटो आशा देखाउनेहरू बाट भने सावधान रहनुहोस्।
शुभ रंग: बैजनी,शुभ अंक: ५
♉ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
व्यापारमा अनुभवको
फाइदा लिन सकिनेछ, कृषि वा पशुपालन बाट लाभ प्राप्त हुनेछ, विद्यार्थी वर्गका लागि
अध्ययनमा सफलता पाउने राम्रो समय हो।
शुभ रंग: हल्का निलो,शुभ अंक: ३
♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
जीवनसाथीको
स्वास्थ्यबारे चिन्ता रहन सक्छ, धर्मकर्ममा रुचि बढ्नेछ र अरुको सहयोगले मन
प्रशन्न हुनेछ, बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ।
शुभ रंग: खैरो,शुभ अंक: ७
♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्यस्थलमा
विरोधीहरू सक्रिय बन्न सक्छन् तर तपाईंको आत्मविश्वासले सफलता दिलाउनेछ, वित्तीय
पक्षबाट राहत प्राप्त हुने संकेत छ।
शुभ रंग: रातो,शुभ अंक: ६
♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्यमा
समस्या आउन सक्छ, सावधानी अपनाउनुहोस्, कार्यक्षेत्रमा
सिमा भन्दा समय भन्दा बढी समय लाग्न
सक्छ, आकस्मिक धन हानिको योग पनि छ, खर्च नियन्त्रणमा राख्नुहोस्।
शुभ रंग: पहेँलो,शुभ अंक: ४
♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
संगीत, कला र सृजनात्मक क्षेत्रमा सम्मान
बढ्नेछ,उद्योग–व्यवसायमा नयाँ उपलब्धि हासिल गर्न सकिनेछ, समाजमा प्रतिष्ठा बढ्ने
सम्भावना छ।
शुभ रंग: खैरो,शुभ अंक: ३
♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कार्य गर्दा
योजना बनाएर अघि बढ्नुहोस्,आफन्तहरूको सहयोग प्राप्त हुनेछ, उद्योग वा व्यापारमा
लाभको सम्भावना छ।
शुभ रंग: सेतो,शुभ अंक: ९
♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कार्य हात
लाग्नेछ र पारिवारिक समस्या समाधान हुनेछ, तर हतारमा निर्णय गर्दा नोक्सान हुन
सक्छ, प्रशासनिक क्षेत्रमा केही अवरोध आउन सक्छ।
शुभ रंग: हरियो,शुभ अंक: २
♐ धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सानोतिनो विषयलाई
लम्ब्याउँदा विवाद बढ्न सक्छ, अड्केका काममा पारिवारिक सहयोग प्राप्त हुनेछ,विगतका
कमजोरी सुधार्ने राम्रो समय हो।
शुभ रंग: रातो,शुभ अंक: ९
♑ मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नोकरी वा पेशामा
इमानदारी देखाउनुहोस्, नयाँ योजनामा लगानी गर्ने अवसर आउनेछ, सामाजिक जीवनमा
सम्मान र प्रतिष्ठा बढ्नेछ।
शुभ रंग: हरियो,शुभ अंक: ८
♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कार्य सम्पन्न
गर्न समय लाग्नेछ, आफ्ना कमजोरी सुधार्न प्रयास गर्नुहोस्, वैदेशिक यात्राको अवसर
प्राप्त हुन सक्छ।
शुभ रंग: खैरो,शुभ अंक: २
♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कार्यमा परिणामको
चिन्ता नगरी लगनशीलतापूर्वक अघि बढ्नुहोस्, सफलता पक्का छ, नयाँ सम्पर्क र
पारिवारिक सहयोग लाभदायक हुनेछ।
शुभ रंग: सुन्तला,शुभ अंक: ६
ईभा मिडिया, दैनिक राशिफल डेस्क
No comments:
Post a Comment