Tuesday, 14 October 2025

२०८२ साल असोज २८ गते, मंगलबारको दैनिक राशिफल


ईभा मिडिया / काठमाडौं



आजको दिन ग्रह–गोचरका आधारमा सबै राशिहरूका लागि फरक–फरक परिणाम ल्याउनेछ, कोहीका लागि नयाँ अवसर खुल्नेछन् भने कोहीले धैर्य र संयमता अपनाउनुपर्ने देखिन्छ।

मेष (Aries)

तपाईंको आज आत्मबल उच्च रहनेछ, पुराना अधुरा कामहरु पूरा हुने सम्भावना छ, आर्थिक लाभको संकेत छ, परिवारमा खुसी छाउनेछ।
शुभ अंक: ५ ,शुभ रंग: रातो

वृष (Taurus)

कार्यस्थलमा नयाँ जिम्मेवारी आउनेछ, धैर्यका साथ निर्णय लिनुहोस् खर्चमा नियन्त्रण आवश्यक देखिन्छ ।
शुभ अंक: २ ,शुभ रंग: सेतो

मिथुन (Gemini)

आज सानो  यात्राको योग देखिन्छ , साथीभाइसँग रमाइलो भेटघाट हुन सक्छ, नयाँ सोचका कारण काममा उर्जाशक्ति बढ्नेछ।
शुभ अंक: ६ , शुभ रंग: हरियो

कर्कट (Cancer)

पारिवारिक जिम्मेवारी बढ्नेछ,भावना नियन्त्रणमा राख्नुहोस्, स्वास्थमा सानो समस्या देखिन सक्छ, पानी प्रशस्त पिउनुहोस्।
शुभ अंक: ७ ,शुभ रंग: निलो

सिंह (Leo)

नेतृत्व क्षमता प्रकट हुने दिन हो, सम्मान र प्रतिष्ठा बढ्नेछ,करियरमा अवसर आउने संकेत देखिन्छ ।
शुभ अंक: ९ ,शुभ रंग: सुन्तले

कन्या (Virgo)

अचानक धन लाभको सम्भावना छ, अध्ययन वा व्यवसायमा सफलता मिल्नेछ,प्रियजनसँग सुमधुर सम्बन्ध रहनेछ।
शुभ अंक: १ , शुभ रंग: हल्का पहेंलो

तुला (Libra)

आजको दिन मध्यम छ,काममा ढिलाइ हुनसक्छ, तर अन्ततः सफलता मिल्नेछ, अनावश्यक विवादबाट टाढा रहनुहोस्।
शुभ अंक: ३ ,शुभ रंग: गुलाबी

वृश्चिक (Scorpio)

मिहिनेतको प्रतिफल पाउनुहुनेछ, नयाँ सम्पर्कले भविष्यमा लाभ पुर्‍याउनेछ, स्वास्थ्य सामान्य रहनेछ।
शुभ अंक: ८ ,शुभ रंग: बैजनी

धनु (Sagittarius)

शुभ समाचार सुन्ने दिन बन्नेछ ,नजिकका मानिसले सहयोग गर्नेछन् भने सम्बन्धमा मिठास आउने सम्भावना छ ।
शुभ अंक: ४, शुभ रंग: सुन्तले

मकर (Capricorn)

कामको चाप बढे पनि परिणाम सकारात्मक रहनेछ,धनको लेनदेन गर्दा सावधानी अपनाउनुहोस्।
शुभ अंक: ६ ,शुभ रंग: खैरो

कुम्भ (Aquarius)

सहयोगी वा साथीबाट प्रेरणा पाउनुहुनेछ,नयाँ विचारले काममा उर्जा थप्नेछ,पारिवारिक वातावरण सुखद रहनेछ।
शुभ अंक: २ ,शुभ रंग: आकाशी

मीन (Pisces)

ध्यान र आत्मविश्वास बढ्नेछ,धार्मिक वा समाज सेवामा मन जानेछ,घरपरिवारमा सन्तोषजनक समय बित्नेछ।
शुभ अंक: ९ ,शुभ रंग: पहेंलो


ईभा मिडिया, दैनिक राशिफल डेस्क

No comments:

Post a Comment

काठमाडौँ जिल्ला प्रशासन कार्यालयद्वारा दिपावलीका लागि सुरक्षा र नियम पालना सम्बन्धी सूचन

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले दिपावलीको अवसरमा सार्वजनिक सुरक्षा र कानुन पालनामा विशेष ध्यान दिन आग्रह गरेको छ। कार्यालयले मैनबत्ती, ब...