Thursday, 9 October 2025

गैरकानुनी तवरमा एपमार्फत सार्वजनिक यातायात सेवा : सरकार सधैँ मौन ? मारमा ब्यबसायी

पछिल्ला केही वर्षयता नेपालमा अनलाइन प्रविधिको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ ,छोटो समयमै अनलाइन सेवा र एप्लिकेशनहरूको बाढी आएको छ,कतिपय बजारमा पुग्न नपाउँदै बन्द हुने, कतिपय भने सुरुवातमै हराउने गरेको छ ।



तर यतिबेला यस्ता एपहरू पनि सक्रिय छन्, जसले घरमै बसेर ट्याक्सी बोलाउने सुविधा दिएका छन् ,मानिसहरू अब सडकमा निस्केर ट्याक्सी खोज्ने वा बार्गेनिङ गर्ने झन्झट बाट मुक्त भएका छन् , मोबाइलको बटन थिचेर घरका कोठा बाट नै  ट्याक्सी बोलाउने प्रविधिले सहजता त दिएको छ, तर यसको कानुनी हैसियत भने गम्भीर प्रश्नको विषय बनेको छ।

स्वरोजगार ट्याक्सी चालक गणेश सुनार भन्छन्,

“नेपालको यातायात व्यवस्था ऐन, २०४९ ले निजी सवारी साधनले भाडाको काम गर्न नपाउने स्पष्ट प्रावधान राखेको छ ,तर पछिल्ला समय गैरकानुनी तवरमा  एपहरू  कानुनको खिल्ली उडाउँदै निजी सवारी साधन  मार्फत खुलेआम भाडा सेवा सञ्चालन गरिरहेका छन् ,अझ राज्य र नियामक निकाय सधैं  मौन छन् , यो नै सबैभन्दा ठूलो विडम्बना हो।”

काठमाडौं उपत्यकाका विभिन्न चोकहरूमा निजी नम्बरका दुई पाङ्ग्रे सवारीहरूले दैनिक रूपमा यात्रु बोक्ने, मोलमोलाइ गरेर भाडा लिने कार्य खुलेआम भइरहेको छ , तर अनुगमन गर्ने निकाय भने कालो प्लेटका ट्याक्सी माथि मात्र कडाइ गरेको गुनासो स्वरोजगार ट्याक्सी चालक सानु गुरुङ को छ ।

गुरुङ भन्छिन्,

“हामी नेपाल को  कानुन अनुसार दर्ता भएर मिटरमा सेवा दिइरहेका छौं, तर बाटोमै रोकिएर हामीलाई मात्रै ‘के मा सेवा दिनु भएको?’ भन्दै कारबाही गर्छन् , कानुन तोड्ने निजी नम्बरका गाडी त खुलमखुला यात्रु बोक्दै छन्, उनीहरूलाई कसैले केही भन्दैन । यो न्याय होइन।”

ट्याक्सी चालकहरूका अनुसार अहिलेको अवस्थाले आम स्वरोजगार मजदुर माथि नै चोट पुर्‍याएको छ । गैरकानुनी रूपमा चलिरहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीले न त सार्वजनिक सवारीले जसरि  कर तिर्छन्, न यतारू  बीमा गर्छन्, न यात्रुको सुरक्षाको जिम्मेवारी लिन्छन् , तर कानुनी रूपमा यी सबै प्रकिया पुरा गरेर  कर तिरेर सेवा दिँदै आएका वास्तविक ट्याक्सी ब्यबसायी तथा  चालकहरू मात्र जरिवानाको  निशानामा छन्।

अर्को तर्फ  ट्याक्सी व्यवसायीहरूयो माग गरिरहेका छन् ,
हाउमचको नाममा भइरहेका सम्पूर्ण चेकिङ तत्काल हटाइयोस् । यसले समस्या समाधान गर्दैन । बरु वैकल्पिक र न्यायोचित उपाय अपनाइयोस्,” उनीहरूले भनेका छन् । साथै, गुणस्तर तथा नापतौल  विभाग र सरकारले कानुनविपरीत आफैंले भाडा तोक्ने विदेशी एपहरू तत्काल बन्द गर्ने साहसिक निर्णय लिनुपर्ने आवाज उठाइएको छ ।

No comments:

Post a Comment

काठमाडौँ जिल्ला प्रशासन कार्यालयद्वारा दिपावलीका लागि सुरक्षा र नियम पालना सम्बन्धी सूचन

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले दिपावलीको अवसरमा सार्वजनिक सुरक्षा र कानुन पालनामा विशेष ध्यान दिन आग्रह गरेको छ। कार्यालयले मैनबत्ती, ब...