Thursday, 9 October 2025

देशभर खुल्ला रुट आज देखि बन्द, अब इजाजत प्राप्त रुट बाहिर सवारी चलाउन अस्थायी पटके आवश्यक पर्ने

 

काठमाडौं, असोज २३ 
गत असोज ६ गते घटस्थापनाको दिनदेखि देशभर खुल्ला  गरिएको सार्वजनिक सवारी साधनका रुट आज (असोज २३ गते) देखि बन्द भएको छ। दशैं–तिहार तथा चाडपर्वको विशेष अवधिमा सवारीसाधन आवागमन सहज बनाउनका लागि अस्थायी रूपमा खुल्ला  गरिएको सार्वजनिक यातायात रुट अब पुनः नियमित अवस्थामा फर्किएको हो।


यातायात ब्यबस्था बिभागका  अनुसार आज देखि कुनै पनि सार्वजनिक सवारी साधनले आफ्नो इजाजत प्राप्त रुटभन्दा बाहिर सञ्चालन गर्न नपाउने छन्। इजाजतपत्रमा तोकिएको रुट बाहिर सवारी सञ्चालन गर्न चाहने सार्वजनिक सवारी साधनले अब “अस्थायी बाटो ईजाजत "पटके"  लिनुपर्ने व्यवस्था लागू भएको छ।


यातायात व्यवस्था विभागका एक अधिकारीका अनुसार, “चाडपर्वका बेला यात्रु आवागमन सहज बनाउन सबै रुट खुल्ला  गरिएको थियो। अब यात्रुको चाप घटेकाले नियमित प्रणालीमा फर्किएका छौं। अबदेखि इजाजत प्राप्त रुट बाहेक सवारी चलाउन अस्थायी अनुमति लिनुपर्नेछ।”


ट्राफिक प्रहरीले पनि इजाजत प्राप्त क्षेत्रबाहिर सञ्चालनमा आएका सवारीसाधन माथि निगरानी बढाउने जनाएको छ।


यसअघि असोज ६ गतेदेखि लागू गरिएको खुल्ला  रुट प्रणालीले विशेष गरी लामो दुरीका बस, मिनिबस, माइक्रो र ट्याक्सी सेवा सञ्चालनमा सुविधा पुर्‍याएको थियो।

No comments:

Post a Comment

काठमाडौँ जिल्ला प्रशासन कार्यालयद्वारा दिपावलीका लागि सुरक्षा र नियम पालना सम्बन्धी सूचन

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले दिपावलीको अवसरमा सार्वजनिक सुरक्षा र कानुन पालनामा विशेष ध्यान दिन आग्रह गरेको छ। कार्यालयले मैनबत्ती, ब...