Wednesday, 15 October 2025

स्वस्तिमा खड्का inDrive नेपालको ब्राण्ड एम्बासडर नियुक्त, “तपाईंको यात्रा, तपाईंको रोजाइ” अभियान सुरु

चर्चित नेपाली अभिनेत्री स्वस्तिमा खड्का अनलाइन यातायात सेवा प्रदायक कम्पनी inDrive नेपालको ब्राण्ड एम्बासडर बन्नुभएको छ, कम्पनीले हालै सार्वजनिक गरेको “तपाईंको यात्रा, तपाईंको रोजाइ” नामक नयाँ ३६० डिग्री अभियानसहित उहाँको औपचारिक नियुक्ति गरिएको हो।
यस अभियान मार्फत कम्पनीले प्रयोगकर्ताहरूलाई भाडा आफैं तोक्ने र चालकसँग सिधा संवाद गरी सहमति अनुसार यात्रा तय गर्न सकिने “पियर टु पियर” मोडेललाई प्रवर्द्धन गरेको छ,यो प्रणालीले यात्रु र चालकबीच पारदर्शिता, स्वतन्त्रता, र सम्मानमा आधारित सेवा सुनिश्चित गर्ने दाबी गरिएको छ।

inDrive का   नेपाल प्रतिनिधि रिता पोखरेलले भने, “नेपालमा न्याय संगत र विश्वसनीय यातायात प्रणाली निर्माणमा inDrive प्रतिबद्ध रहेको छ।”

ब्राण्ड एम्बासडर बनेकी स्वस्तिमा खड्काले भने आफूले पारदर्शिता, आपसी सम्मान र स्वतन्त्रताको मूल्य मान्यतासँग आफूलाई गहिरो रूपमा जोडिएको महसुस गरेको बताउनु भयो।

कम्पनीले डिजिटल, बाह्य र प्रत्यक्ष कार्यक्रमहरू मार्फत अभियानलाई विस्तार गर्ने जनाएको छ, विशेषगरी युवावर्गलाई लक्षित गर्दै, नेपाली प्रयोगकर्ता सँगको सम्बन्धलाई अझ सुदृढ बनाउने योजना रहेको छ।

विश्वभर ४८ देशमा सेवा विस्तार गरिसकेको inDrive ले केवल यात्रु सेवा मात्र होइन, पार्सल डेलिभरी, सहर–सहरबीचको यातायात सेवा तथा inVision नामक संस्थामार्फत सामाजिक सशक्तिकरणका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।

No comments:

Post a Comment

काठमाडौँ जिल्ला प्रशासन कार्यालयद्वारा दिपावलीका लागि सुरक्षा र नियम पालना सम्बन्धी सूचन

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले दिपावलीको अवसरमा सार्वजनिक सुरक्षा र कानुन पालनामा विशेष ध्यान दिन आग्रह गरेको छ। कार्यालयले मैनबत्ती, ब...