Thursday, 16 October 2025

ट्याक्सीको भाडा समायोज हुँदा प्रतीक्षा शुल्क निर्धारण नै गरेको थिएन ।

२०७८ पुस २० गते बसेको मन्त्रालयको मन्त्रीस्तरको निर्णय अनुसार ट्याक्सी सेवा प्रदायकले सर्तहरु पालना गर्ने गरी भाडा निर्धारण/समायोजन तथा विधुतीय माध्यमबाट भाडा भुक्तानी नियमावली २०७८ बमोजिम भाडादर समायोजन तथा निर्धारण गरेको  थियो

 

ट्याक्सीको  समायोजित भाडा  अनुसार पहिलो किलोमिटरसम्मको यात्राको शुरु फ्लाग डाउन ६० रुपैयाँ कायम गरेको थियो भने  सो किलोमिटरपश्चात प्रति २०० मिटरको रुपैयाँ ८० पैसाको दरले थप हुने गरी कायम गरिएको थियो ,  समायोजित भाडादर लागु गर्न मन्त्रालयले केही शर्तहरु समेत  तोकेका थिए

 

मन्त्रालयले ट्याक्सीहरुले पूर्ण रुपमा मिटर प्रयोग गर्नुपर्ने मिटरमा नै हिड्नु पर्ने बताएको थियो भने  यसका साथै सेवाग्राहीले ट्याक्सी प्रयोग गर्ने वित्तिकै सवारी साधनको नम्बर, चालकको सम्पर्क नम्बर सहितको विवरण भएको अंग्रेजी नेपाली माध्यमको भाषा भएको भिजिटिङ्ग कार्ड उपलब्ध गराउनुपर्ने थियो

 

त्यसैगरी, ट्याक्सीमा छुटेको सामान ट्याक्सी सेवा प्रदायकले सुरक्षित राखि नजिकको प्रहरीलाई सूचना दिनुपर्ने, ट्याक्सी नियमित रुपमा सरसफाई गरी लैङ्गिक विभेद रहित सेवाग्राही मैत्री व्यवहार गर्नुपर्ने थियो

तर त्यस्तो भएन  

मन्त्रालयको मन्त्रीस्तरको निर्णय अनुसार ट्याक्सीको यात्राको शुरु फ्लाग डाउन ६० रुपैयाँ कायम गरेको थियो तर श्रम रोजगार तथा यातायात मन्त्रालय ले उपत्यका को हकमा ट्याक्सीको मिटर चेक जाँच गर्ने   नेपाल गुणस्तर तथा नापतौल बिभागलाई पत्र लेख्दा यात्राको शुरु फ्लाग डाउन रुपैयाँ कायम भएको भनेर उल्लेख गरेको थियो जुन आजभोली ट्याक्सीमा प्रयोग भैरहेको छ तर नेपाल सरकार अन्तर्गत प्रदेश सरकारको प्रदेश  राजपत्रमा भने यात्राको शुरु फ्लाग डाउन ६० रुपैयाँ कायम गरेको छ  , त्यस्तै प्रति २०० मिटरको रुपैयाँ ८० पैसाको दरले थप हुने प्रदेश राजपत्रमा उल्लेख छ भने  नेपाल गुणस्तर तथा नापतौल बिभागलाई मन्त्रालयले लेखेको पत्रमा प्रति २०० मिटरको १०  रुपैयाँको दरले थप हुने भनिएको छ

 


अर्को अचम्मित कुरा पनि

मन्त्रालयको मन्त्रीस्तरको निर्णयले पनि ट्याक्सीको भाडा समायोजन गर्दा रात्रिकालिन समयको भाडा निर्धारण गरेको थिएन भने श्रम रोजगार तथा यातायात मन्त्रालयले नेपाल गुणस्तर तथा नापतौल बिभागलाई पत्र लेख्दा भने  रात्रीकालिन समयको लागि  शुरुवाती कल रु.५० र प्रति २०० मिटरको १५  रुपैयाँ को दरले थप हुने उल्लेख गरेको थियो भने प्रतीक्षा कल दुवै मा उल्लेख थिएन

 


राजपत्रको उलंघन गरिरहेको छ नेपाल  गुणस्तर तथा नापतौल  बिभाग

मन्त्रालयको मन्त्रीस्तरको निर्णय अनुसार ट्याक्सीको भाडा समायोज भई राजपत्रमा प्रकाशित हुँदा र उपत्यका को हकमा ट्याक्सीको मिटर चेक जाँच गर्ने  निकाय  नेपाल गुणस्तर तथा नापतौल बिभागलाई मन्त्रालयले लेखेको पत्रमा समेत कहिँ कतै नभएको ट्याक्सी मिटरको  प्रतीक्षा शुल्क हाल उपत्यकामा गुडिरहेको ट्याक्सीहरुको मिटरमा प्रदेश सरकार बाट जारि भएको  राजपत्रको उलंघन गर्दै प्रति २ मिनेट को रु.१० राखिएको छ जुन गैरकानुनी हो , के यसको जवाफ नेपाल गुणस्तर तथा नापतौल बिभाग संग के होला त ?

 




 प्रदेश राजपत्र हेर्न यहाँ क्लिक गर्नुहोला 

 

 

मतदाता नामावलीमा नाम दर्ता गर्न कात्तिक मसान्तसम्म को समयसिमा

काठमाडौँ, ३१  असोज

यहिँ आउदो  फाल्गुन २१ मा हुने  निर्वाचनका लागि मतदाता नाम दर्ता गर्न उमेर पुगेका  इच्छुक नागरिकहरूले अब अनलाइन माध्यम मार्फत आवेदन दिन सक्नेछन्, निर्वाचन आयोगले  जारी गरेको सूचना अनुसार, इच्छुक नागरिकहरूले https://applyvr.election.gov.np/ वेबपेजमा गएर आवेदन फारम भरी नाम दर्ता प्रक्रिया पूरा गर्न सक्नेछन्, यसका लागि आवेदन दाताले आफ्नो फोटो खिचाउन र बायोमेट्रिक डेटा (जस्तै औंठा  छाप) लिनुपर्नेछ।



अनलाईन प्रक्रिया पुरा गरेका नागरिकहरुलाई  निर्वाचन आयोगले   सहज होस् भन्ने उदेश्यले  काठमाडौँ उपत्यका भित्रका  निम्न स्थानहरूमा गएर फोटो खिचाउन र बायोमेट्रिक प्रक्रिया गर्न सक्ने बताएको छ 




·         जिल्ला निर्वाचन कार्यालय काठमाडौँ

·         जिल्ला निर्वाचन कार्यालय ललितपुर

·         जिल्ला निर्वाचन कार्यालय भक्तपुर

यसका अतिरिक्त, अन्य जिल्लाका नागरिकहरूले आफ्नो जिल्ला  निर्वाचन कार्यालयमा गएर पनि यो प्रक्रिया पूरा गर्न सक्नेछन्।

मतदाता नाम दर्ता गर्दा आवश्यक हुने सबै जानकारी र विवरणहरूको लागि निर्वाचन आयोगको वेबसाइटमा उल्लेख गरिएको छ, आयोगले सबै नागरिकलाई समयमा आवेदन प्रक्रिया पूरा गर्न र आगामी निर्वाचनमा सहभागिता जनाउन सबै नागरिकलाई  आग्रह  समेत गरेको छ  भने नामदर्ता गर्ने अन्तिम मिति कत्तिक मसान्तसम्म मात्र रहेको छ   ।

 

नेपालमा सुनको मूल्यले नयाँ कीर्तिमान रच्यो

काठमाडौं, असोज ३१

नेपाली बजारमा सुनको मूल्य फेरि एकपटक आकाशिएको छ, आज बुधबार  सुनको मूल्य तोलाको २ लाख ५० हजार ९ सय रुपैयाँ  पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा देखिएको उतारचढावका कारण नेपाली बजारमा पनि मूल्य उच्च स्तरमा पुगेको हो। 

महासंघले जारी गरेको विवरण अनुसार  सुनको मूल्य भने आज तोलामा २ लाख ५० हजार ९ सय  रुपैयाँ कायम गरिएको छ। 

पछिल्लो समय बजारमा सुनको माग उच्च हुँदा र अन्तर्राष्ट्रिय आर्थिक अस्थिरताका कारण सुनलाई सुरक्षित लगानीको माध्यमका रूपमा हेर्ने प्रवृत्तिले मूल्य अझै बढ्न सक्ने संकेत देखिएको छ। 

#सुनको_भाउ #GoldPriceNepal #EvaMediaNetwork

काठमाडौँ जिल्ला प्रशासन कार्यालयद्वारा दिपावलीका लागि सुरक्षा र नियम पालना सम्बन्धी सूचन

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले दिपावलीको अवसरमा सार्वजनिक सुरक्षा र कानुन पालनामा विशेष ध्यान दिन आग्रह गरेको छ। कार्यालयले मैनबत्ती, ब...